काठमाडौं – यस साता शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ७ अंकले बढेर बन्द भएको छ। त्यससँगै, २४ अर्बको शेयर कारोबार भएको छ।
यस साता पाँच दिन शेयर कारोबार हुँदा ३ दिन बजार बढेको छ भने २ दिन बजार घटेको छ । साताको पहिलो कारोबारका दिन नेप्से २.२६ अंकले बढेर बजार २६ सय २३ दशमलव ५६ को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, दोस्रो कारोबारका दिन नेप्से १५.३९ अंकले बढेर बजार २६ सय ३८ दशमलव ९५ को बिन्दुमा बजार बन्द भएको छ।
यस्तै, तेस्रो कारोबारको दिन नेप्से ८.७० अंकले बढेर बजार २६ सय ४७ दशमलव ६५ को बिन्दुमा बन्द भएको भयो। त्यस्तै, चौथो नेप्से १०.८९ अंकले घटेर बजार २६ सय ३६ दशमलव ७५ को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, साताको अन्तिम कारोबारको दिन नेप्से ८.५७ अंकले घटेर बजार २६ सय २८ दशमलव १७ को बिन्दुमा बिन्दुमा बन्द भएको छ।
कारोबार कति ?
सोमबार: ३ अर्ब ७९ करोड
मंगलबारः ५ अर्ब ५२ करोड
बुधबारः ६ अर्ब १२ करोड
बिहिबारः ५ अर्ब ४२ करोड
शुक्रबारः ४ अर्ब ७२ करोड




About Us
प्रतिक्रिया