काठमाडौं – बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ घर भई हाल काठमाडौं महानगरपालिका–७, चाबहिल बस्दै आएका ५६ वर्षीय सुरेन्द्र बहादुर श्रेष्ठ रहेका छन्।
काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चाबहिलबाट पक्राउ गरेको हो।
उनीमाथि बैंकिङ्ग कसुर मुद्दामा ६४ लाख रुपैयाँ बिगो रकम रहेको छ । उनीमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको प्रहरीले जनाएको छ ।
साथै, उनीमाथि प्रहरी वृत्त कालीमाटीमा, जिल्ला प्रहरी परिसर ललितपुरमा बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो ।




About Us
प्रतिक्रिया