सानिमा बैंकका दुई कर्मचारीको बढुवा, थापालाई डिसीईओ र ढकाललाई सहायक सीईओको जिम्मेवारी


काठमाडौं – सानिमा बैंकले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सर्जु कुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ । थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ्ग क्षेत्रमा काम गरेका थिए । त्यसपछि माछापुच्छ्रे बैंकमा करिब १० वर्ष सेवा गरेका उनी पछिल्लो दुई वर्षदेखि पुनः सानिमा बैंकमा कार्यरत छन् ।

त्यस्तै, ढकाल सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा आबद्ध रहँदै आएका छन् । बैंकिङ्ग क्षेत्रमा दुवैको २५ वर्षभन्दा बढीको अनुभव रहेको छ ।