काठमाडौं – नेपाली बजारमा यो साता सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर दुई लाख ४२ हजार६ सय रुपैयाँमा झरेको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा ३ हजार ५ सय रुपैयाँले बढेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ४ सय रुपैयाँ पुग्यो। मंगलबार थप ५ सय रुपैयाँ बढ्दै २ लाख ४७ हजार नौ सय रुपैयाँ कायम भयो।
बुधबार प्रतितोला छ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा झर्यो। यस्तै, बिहीबार १४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँ पुग्याे।
यस्तै, सुन शुक्रबार थप ३ हजार ३ सय रुपैयाँले बढ्दै २ लाख ४६ हजार १ रुपैयाँमा कारोबार भयो। याे साता सुनकाे मूल्य समग्रमा प्रतितोला तीन हजार पाँच सय रुपैयाँले बढेको छ।




About Us
प्रतिक्रिया