काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारीका गोबिन्द थापा मगर रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, उनलाई सर्बिया पठाइदिन्छु भन्दै दुई लाख ठगी गरी फरार रहेका थिए।
उनलाई काठमाडौंको काठमाडौं महानगरपालिका – १२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।




About Us
प्रतिक्रिया