मुक्तिनाथ विकास बैंकको ७.२५ प्रतिशत लाभांश घोषणा


काठमाडौं – मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो।

बैंकको मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैकले शेयरधनीहरूलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।