कास्की जिल्लाका कार्तिक महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भए डीएसपी सूर्यबहादुर बोगटी


काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ।
 
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेका कार्यहरूको मूल्याङ्कन गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा डीएसपी बोगटीलाई बेस्ट पुलिस अफ द मन्थ घोषणा गरिएको हो। 

फरार कैदी तथा बालसुधार गृहबाट फरार व्यक्तिहरू पक्राउ, नवजात शिशु मृत्यु प्रकरणमा संलग्न आमाको पक्राउ, लेकसाइडमा ‘अपरेशन सभ्यता’ सञ्चालन गरी १९३ जना व्यक्ति र ४९७ वटा सवारीसाधन नियन्त्रणमा लिनुका साथै ग्याङ फाइट तथा लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।