राष्ट्र बैंकद्वारा महेन्द्रनगरको राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज


काठमाडौं – नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनी चेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। कम्पनीले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो।

राष्ट्र बैंकको धनगढी कार्यालयले सूचना जारी गर्दै मनी चेञ्जरको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको छ।