काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा एक हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला तीन हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ७५ रूपैयाँमा किनबेच बुधबार प्रतितोला तीन हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३५ रूपैयाँ बढेको हो।




About Us
प्रतिक्रिया