विजय लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १० हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थापक शेयर खरिद बिक्री गर्दा वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।