स्रोत नखुलेको ५० लाखसहित स्नेहा रिमाल र युगेथ इब्राहिम पक्राउ


काठमाडौं – काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल काठमाडौंको ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगेथ इब्राहिम रहेका छन्।

काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित स्नोलाइन होटलमा अवैध स्रोतबाट प्राप्त रकम लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा प्रहरीले ५० लाख ५० हजार नेपाली रुपैयाँ, ४ हजार २१५।०९ ओमानी रियाल र ५५ युएई दिरामसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।