काठमाडौं – अमेरिकी डलर सस्तो दरमा साटिदिने प्रलोभन देखाएर एक व्यक्तिबाट २० लाख ४५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानी बस्दै आएका जितबहादुर पाइन रहेका छन्।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिर जंगल नजिकको एकान्त स्थानमा पीडितलाई बोलाएर ३० हजार अमेरिकी डलर सस्तो दरमा साटिदिने प्रलोभन देखाइएको थियो। सोही प्रलोभनमा परी पीडितले साथमा ल्याएको नेपाली नगद २० लाख ४५ हजार रुपैयाँ लिएर आरोपित फरार भएका थिए।
घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरी टोलीले पाइनलाई २०८३ मंसिर ८ गते साँझ ६ बजे कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीबाट पक्राउ गरेको हो। पाइनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।




About Us
प्रतिक्रिया