काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हेभी) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा सञ्चालित सवारी चालक (हेभी) उन्नत तालिम ३३ औँ समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।
तालिम समापनका अवसरमा सोही महाशाखामा बुधवार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे। सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक सिलवालले तालिमबाट प्राप्त ज्ञान सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढङ्गबाट प्रयोग गर्नुपर्ने बताए।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १५ जना र प्रहरी जवान १२ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए।




About Us
प्रतिक्रिया