नेप्सेमा झिनो अंकको वृद्धि, ६ अर्ब बढीको कारोबार 


काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ८.६६ अंकले बढेर बन्द भएको हो। यससँगै बजार २६ सय ४७ दशमलव ६१ को बिन्दुमा कायम भएको छ। बजार बढेसँगै कारोबारमा समेत सुधार देखिएको छ। आज शेयर बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १ करोड ६५ लाख २३ हजार कित्ता शेयर किनबेच भएको छ।

आज १७० कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ८ कम्पनीको भने शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी हिमालयन उर्जा विकास कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, कुमारी बैंकको २२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.९८ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले  ८.६२ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा उन्नति सहकार्य लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.३० प्रतिशतका दरले गुमाएका हुन्।