बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी सुमन बराइली पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको  शिवपुरी घर भई  ललितपुरको लुभु बस्ने सुमन बराइली रहेका छन् । 

जिल्ला प्रहरी परिसर ललितपुर कार्यालयबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । उनीमाथि बैंकिङ्ग कसुर मुद्दामा १० दिन कैद र २२ हजार ५सय जरिवाना तोकिएको थियो । बराइलीलाई पक्राउ गरी जिल्ला अदालत ललितपुरमा पेस गरिएको प्रहरीले जनाएको छ ।