काठमाडौं – हिमालयन लघुवित्त वित्तीय संस्थाले ३० जना कर्मचारी माग गरेको छ। संस्थाले कनिष्ठ सहायक (फिल्ड सहायक) पदका लागि दरखास्त आह्वान गरेको हो।
उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसीरएसईई उत्तीर्ण तोकिएको छ। आवेदन दिन इच्छुक उम्मेदवारले दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप गरिएको कम्पनीले जनाएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले बायोडाटा, हालसालै खिचेको फोटो, नागरिकताको प्रतिलिपि तथा अनुभव भएमा अनुभव खुल्ने कागजातसहित आवेदन दिन सक्नेछन्।




About Us
प्रतिक्रिया