सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – सपोर्ट लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको २ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले सो शेयर पहिलो खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिएको छ। 

सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।