नेपाल ल्युब आयलको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज नेपाल ल्युब आयल लिमिटेडको बोनस शेयर सुचीकृत भएको छ।

कम्पनीको २० प्रतिशत अर्थात् १ लाख ४५ हजार ७२५.३६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।