नेपाली सेनाको रथीमा बढुवामा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न


काठमाडौं – नेपाली सेनाका रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रधानसेनापति महारथी अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित विशेष समारोहबीच थापालाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

थापालाई ४ मंसिरको मन्त्रीपरिषद्को बैठकले उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।