सिभिल प्रहरी हुँ’ भन्दै धाकधम्की दिने नवराज कुँवर र सुमन तामाङ पक्राउ


काठमाडौं –  आफूलाई सिभिल प्रहरी भन्दै क्लबभित्र प्रवेश गरी सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र डरत्रास देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र सोही ठाउँका १८ वर्षीय सुमन तामाङ रहेका छन्।

प्रहरीका अनुसार आफूलाई सिभिल प्रहरी भन्दै क्लबभित्र प्रवेश गरेका व्यक्तिहरूले क्लबका सञ्चालक तथा स्टाफसँग विवाद गर्दै धाकधम्की र डरत्रास देखाएका थिए।

घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।