काठमाडौं – धारिलो हतियार देखाएर धाकधम्की दिँदै मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–१ घर भई हाल कलंकी बस्ने ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ घर भई कलंकी बस्ने २८ वर्षीय सागर तामाङ र कास्की पोखरा घर भई कलंकी बस्ने २८ वर्षीया सन्ध्या तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकखण्डमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरी फरार भएका थिए।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकैबाट भाग्दै गरेका उनीहरुलाई लुटिएका मोबाइलसहित पक्राउ गरेको हो।
उनीहरुमाथि चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंको अनुमतिमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।





About Us
प्रतिक्रिया