एभरेष्ट कलरका शेयरधनीको हात खाली


काठमाडौं – एभरेष्ट कलर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को लागि शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिले बैठकले शेयरधनीलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो।

कम्पनी र यसका शेयरधनीहरूको दीर्घकालीन हितलाई ध्यानमा राखी यो निर्णय लिएको कम्पनीले जनाएको छ।