काठमाडौं – नेपाल राष्ट्र बैंकले २ खर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिनको लागि २ खर्ब निक्षेप संकलन गर्ने भएको हो ।
यसको ब्याजदर बोलकबोलकोमाध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ पुस ३ गते हुनेछ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।
निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।





About Us
प्रतिक्रिया