काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.६२ अंकले बढेर बजार २६ सय २८ दशमलव ६७ को बिन्दुमा बन्द भएको छ। आज बजार सामान्य अंकले बढेपनि कारोबार रकम भने खुम्चिएको छ। आज ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ९४ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १६ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी बोटलस् बालाजुका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, बोटलस् नेपाल तराईका लगानीकर्ताले ५.६३ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी गुमाउनेमा एभरेष्ट कलरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.४५ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया