अबदेखि आईपीओ तथा लाभांशको सूचना ‘मेरो शेयर’ मार्फत सीधै प्रकाशित हुने


काठमाडौं – सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी सूचना ’मेरो शेयर’ मार्फत प्रकाशित गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

यस व्यवस्थाअन्तर्गत आईपीओ, हकप्रद शेयर, बोनस शेयर, लाभांश वितरण, ऋणपत्रको साँवा भुक्तानी तथा लकइन अवधिसम्बन्धी सूचना निष्काशनकर्ता कम्पनी, बिक्री प्रबन्धक तथा शेयर रजिस्ट्रारले सी–आस्बा सफ्टवेयर प्रयोग गरी मेरो शेयरमा प्रकाशित गर्न सक्नेछन्।