काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले आगामी मंसिर ७ गते पुनः सुनुवाइ गर्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हाे। जसका लागि अदालतले आगामी ७ मंसिरका लागि पेसी तोकेको छ।
आईजीपी पदमा पुनर्बहालीको माग गर्दै कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको हो। बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले २०८३ कात्तिक १८ गतेको मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपिसहित सम्बन्धित अन्य कागजात झिकाउन आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३\०७\१८ को निर्णयको प्रमाणित प्रतिलिपि र यससम्बन्धी अन्य कुनै कागजात फायल भए महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू।’





About Us
प्रतिक्रिया