काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलका अनुसार दुबईबाट हिमालयन एयरलाइन्सको उडानमार्फत बुधबार बिहान ११:४१ बजे काठमाडौं आएका चिनियाँ नागरिक बीन बीन लीलाई विमानस्थल भन्सार सुरक्षा बेसले नियन्त्रणमा लिएको हो।
नियमित जाँचका क्रममा विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा उनको ज्याकेटको खल्तीभित्र लुकाएर ल्याइएका सुनजस्तो देखिने पदार्थका चारवटा पोका फेला परेका थिए। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद पदार्थको तौल १ किलो ६ सय ५ ग्राम छ।
नियन्त्रणमा लिइएका लीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ।





About Us
प्रतिक्रिया