काठमाडौं – आज लगातार तेस्रो कारोबारको दिन पनि शेयर बजार घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.०५ अंकले घटेर बजार २६ सय २५ दशमलव ५ को बिन्दुमा बन्द भएको छ। आज बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ। आज ४ अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड १ लाख कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सेन्टरल फाइनान्सको १८ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.२६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा एभरेष्ट कलरका कम्पनी रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.६३ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया