तारकेश्‍वरबाट धनमाल चोरी 


काठमाडौं – काठमाडौंको तारकेश्‍वर नगरपालिका– ८ डेरा गरी बस्ने बाजुरा घर भएकी ३१ वर्षीया उर्मिला भण्डारीको कोठाबाट सुनको गहना र नगद समेत गरी करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल बुधवार बिहान चोरी भएको छ। 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।