पाँच दिनमा २३ हजार तीन सय रूपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

'एकैदिन तोलामा ६३ सय रूपैयाँ घट्यो सुनको मूल्य'


काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा ६ हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला तीन हजार चार सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार तीन सय ८० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ८० रूपैयाँ घटेको हो।