काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि रोमानिया तथा बेलारुस पटाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका रविन्द्र मगराती रहेका छन्।
उनले रोमानिया तथा बेलारुस पटाइदिन्छु भन्दै ५ जनाबाट चार लाख बिस हजार ठगी गरेको प्रहरीले बताएको छ। उनलाई काठमाडौंको काठमाडौं महानगरपालिका– २९, पवित्रनगरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया