काठमाडौं – ललितपुरको नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको एक करोड ६७ लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जयराम केसी भोजपुरका दिपक खड्का र प्रज्वल रिजाल रहेका छन्। गैरकानुनी रूपमा स्रोत नखुलेको रकम ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
सोही क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले ललितपुर महानगरपालिका–४ स्थित नख्खु दोबाटो चोकमा सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको मिनी कन्टेनर गाडी रोकी कानुनबमोजिम खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले स्रोत नखुलेको नेपाली नगद १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार घटनास्थलबाट नगद रकमसँगै महेन्द्र कम्पनीको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको एउटा मिनी कन्टेनर गाडी र विभिन्न कम्पनीका तीन थान मोबाइल फोनसमेत बरामद गरिएको छ। उनीहरुलाई पक्राउ गरी बरामद रकम तथा अन्य सामग्रीसहित आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि जि





About Us
प्रतिक्रिया