काठमाडौं – प्रहरीले काठमाडौं र कैलालीबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –१० कपन मिलनचोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ४ घर भएका ४३ वर्षीय दिनेश राउत समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका– ७ जोखरताल बस्ने उमेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा उमेश समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ९ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





About Us
प्रतिक्रिया