एनएमबि बैंकका बैंकिङ्ग सेवाहरु तीन दिन बन्द हुने


काठमाडौं – एनएमबि बैंक लिमिटेडका बैंकिङ्ग सेवाहरु तीन दिन बन्द हुने भएको छ। बैंकको कोर बैंकिङ्ग सेप्रणाली (सीबीएस) स्तरोन्नति सम्बन्धी कार्य गर्नु पर्ने भएकाले बैंकका सेवाहरु बन्द हुने भएको हो।

जसअन्तर्गत बैंकका एटिएम कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम सेवा सञ्चालन हुने छैनन्। उक्त सेवाहरु आगामी मंसिर ४ गते शुक्रबार राति ८ बजेदेखि मंसिर ६ गते आइतबार दिउँसो १ः३० बजेसम्म अवरुद्ध हुनेछन्।