काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झान गुओछिङ रहेका छन्।
उनलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्र (अन्डरवेयर )भित्र प्लास्टिकमा बेरेर लुकाइराखेको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
भन्सार छली अवैध रूपमा ल्याउन खोजिएको आशंकामा दुई थान पहेँलो गोलाकार अर्धठोस पदार्थ बरामद गरी उनलाई नियन्त्रणमा लिइएको हो। विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान तथा थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।





About Us
प्रतिक्रिया