रुपन्देहीबाट २७ लाख बढीको अवैध सामान बरामद


काठमाडौं – रुपन्देहीको रोहिणी गाउँपालिका–१, सेमरपानीस्थित क्षेत्रबाट सशस्त्र प्रहरी बल, नेपालले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको गाडीका पार्टपुर्जा तथा अन्य सामान बरामद गरेको हो।

बरामद गरिएका सामान तथा उक्त सामान ओसारपसारमा प्रयोग गरिएको भारतीय कारसहित कुल मूल्य २७ लाख १८ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामान तथा कार आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।