काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक आफ्ना शेयरधनीहलाई ४० औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा आगामी मंसिर २३ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १० गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागि हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।





About Us
प्रतिक्रिया