३ महिनाको लागि २ खर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले ३ महिनाको लागि २ खर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले ९२ दिनको लागि निक्षेप संकलन उपकरण कोबोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएको छ ।

यसको साँवा तथा ब्याज भुक्तानी फागुन ५ गते हुनेछ । बैंक तथा वित्तीय संस्थले घटीमा १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन् । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।