यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने पाँच कम्पनी, कमाउने कति ?


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.४४ अंकले घटेसँगै पाँच कम्पनीको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ। आज बजार घटेसँगै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट, सनराइज ब्लुचिप फण्ड, सर्वोत्तम पेन्टस सिवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन्। 

आज क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ता ९.५६ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, घोराही सिमेन्टका लगानीकर्ताले ७.८७ प्रतिशत, सनराइज ब्लुचिप फण्डको ५.५३ प्रतिशत, सर्वोत्तम पेन्टस्को ४.९५ प्रतिशत र सिवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले ४.९२ प्रतिशतका दरले गुमाएका छन्। 

आज सबैभन्दा बढी कमाउनेमा श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.५६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सामालिङ्ग पावर कम्पनीको ५.८७ प्रतिशत र एसियन हाइड्रोपावरका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले कमाएका छन्।

Skip This