तिहारपछि खुलेको शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सिमित


काठमाडौं – तिहारपछि खुलेको शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ६.४४ अंकले घटेर बजार २६ सय ४८ दशमलव ७७ को बिन्दुमा बन्द भएको छ। यससँगै, ३ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ७८ लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ। 

आज ३३५ कम्पनी कारोबारमा आउँदा ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। 

आज घोराही सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सानिमा माई हाइड्रोपावरको १६ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.५६ प्रतिशतका दरले कमाएका हुन्।

आज सबैभन्दा बढी गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.५६ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, घोराही सिमेन्टका लगानीकर्ताले ७.८७ प्रतिशतका दरले गुमाएका छन्।

Skip This