काठमाडौं – सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएपछि बढुवाका लागि तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)बिच प्रतिस्पर्धा हुने भएको छ ।
एआईजी वंशीराज दाहाललाई विभागीय कारबाही स्वरूप पदबाट हटाइएपछि उक्त पद रिक्त भएको हो । रिक्त पदमा बढुवाका लागि डीआईजीहरू सुरेश कुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
तीन डीआईजीमध्ये श्रेष्ठ पहिलो वरीयतामा छन् । उनी हाल सीमा सुरक्षा विभागमा कार्यरत छन् । दोस्रो वरीयतामा रहेका शाह सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो प्रमुख हुन् भने तेस्रो वरीयताका थापा सशस्त्र प्रहरी एकेडेमीमा कार्यरत छन् ।
सशस्त्र प्रहरीमा एआईजी बढुवाका लागि औपचारिक सूचना प्रकाशन गर्ने व्यवस्था छ । सूचना प्रकाशित भएपछि बढुवाका लागि योग्य उम्मेदवारले आवेदन दिनेछन् । त्यसपछि निर्धारित प्रक्रिया पूरा गरी एक जना डीआईजी एआईजीमा बढुवा हुनेछन् । यसअघि संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले दाहाललाई पदबाट हटाएको थियो ।






About Us
प्रतिक्रिया