काठमाडौं – सशस्त्र प्रहरी बलले बाराबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका ९ लाखभन्दा बढी मूल्यका रेडिमेड कपडा तथा मोटरसाइकलका पार्टपुर्जा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको गस्ती मोबाइल टोलीले बारा जिल्लाको कलैया उपमहानगरपालिका–२०, बसतपुरस्थित सीमा क्षेत्रमा उक्त सामान बरामद गरेको हो।
भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा टोलीले ९ लाख १ हजार ५५० बराबरका रेडिमेड कपडा तथा मोटरसाइकलका पार्टपुर्जा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया