आईएमई लाइफको नाफा १४ करोड १२ लाख, अन्य सूचक कस्ता ?


काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजसम्म कम्पनीले १४ करोड १२ लाख नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १५ करोड ८३ लाख नाफा आर्जन गरेको थियो।

असोजसम्ममा जीवन बीमा कोषमा १९ अर्ब ९७ करोड ७९ लाख रहेको छ । गत वर्षको यही अवधिसम्म जीवन बीमा कोषमा १४ अर्ब १८ करोड ६२ लाख थियो । असोजसम्ममा कम्पनीले २ अर्ब २३ करोड ३७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको यही समयमा कम्पनीले १ अर्ब ५९ करोड ५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, असोजसम्ममा कम्पनीले २ अर्ब १८ करोड ८५ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ५३ करोड ६३ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३२ करोड ८८ लाख, रिटेन्ड अर्निङमा ८१ करोड ६४ लाख र अन्य इक्विटीमा २८ करोड ९६ लाख रहेको छ । गत वर्षको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३२ करोड १२ लाख, रिटेन्ड अर्निङमा ७१ करोड ३३ लाख र अन्य इक्विटीमा २२ करोड ४६ लाख थियो ।

समीक्षा अवधिमा कम्पनीले १४ करोड १२ लाख नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिमा कम्पनीले १५ करोड ८३ लाख नाफा आर्जन गरेको थियो ।

Skip This