काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले सवारीसाधनको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। चाडपर्वका समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले विशेष चेकजाँच तथा निगरानी अभियान सञ्चालन गरेको थियो।
सोही अभियानका क्रममा काठमाडौंका विभिन्न स्थानबाट स्वरूप परिवर्तन (मोडिफाई) गरिएका ५२ वटा मोटरसाइकल र ४ वटा स्कुटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नियन्त्रणमा लिइएका सबै सवारीसाधनमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया