१ सय १० जना जुवाडे पक्राउ, १४ लाख ४४ हजार बरामद


काठमाडौं – देशभरबाट जुवातास खेलिरहेको अवस्थामा १ सय १० जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं, चितवन, धनकुटा, भक्तपुर, झापा, धनुषा, कपिलवस्तु, सर्लाही, कञ्चनपुर र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १ सय १० जनालाई पक्राउ गरेको हो । 

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– ६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका– ८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ४० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

चितवनको रत्ननगर नगरपालिका– १६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगर समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ६ सय १५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

यसैगरी चितवनको भरतपुर महानगरपालिका– ७ बस्ने ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलाराम समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनवाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३७ हजार ४ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । साथै, चितवन, भरतपुर महानगरपालिका– १२ सहयोगी टोलबाट कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१२ आनन्द टोल बस्ने ३६ वर्षीय गोविन्द मगर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार १ सय १० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको   हो । 

धनकुटाको पाख्रीबास नगरपालिका–९ बस्ने ५५ वर्षीय बिष्णु घिसिङको घरमा कौडा खेलिरहेको अवस्थामा बिष्णु समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ३ सय १५ रुपैयाँ र ३० थान कौडा सहित पक्राउ गरेको हो । 

भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ३ एसएस चोक नजिकबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सुजन तामाङ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार १ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्वरी पकरीटोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय दिपेश लामिछाने समेत १५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

झापाको कमल गाउँपालिका–५ टुक्रे बस्ने ४५ वर्षीया गिता भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा गिता समेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार २ सय रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी झापाको दमक नगरपालिका–१० बाट कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका– १० बस्ने ५४ वर्षीय काजिम थापा समेत १० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ७ सय १० रुपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका(२ शिव चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(३ बस्ने ५२ वर्षीय संजय पंजियार समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

कपिलवस्तुको वाणगंगा नगरपालिका– ७ चौरीगाउँ बस्ने ४१ वर्षीय बिष्णु थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ४ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

सर्लाहीको बरहथवा नगरपालिका– ९ मुर्तियाबाट कौडा खेलिरहेको अवस्थामा बरहथवा नगरपालिका–९ बस्ने लालकृष्ण गुरूङ समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ५५ रुपैयाँ र र १६ थान कौडा सहित पक्राउ गरेको हो । यसैगरी सर्लाहीको लालबन्दी नगरपालिका–४ हरिभवन टोल बस्ने ४० वर्षीय भुवन कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा भुवन समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार रुपैयाँ, ६ बुक तास र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ पुष्पलाल चोक बस्ने ५३ वर्षीय रबिन्द्र केसीको घरमा कौडा० खेलिरहेको अवस्थामा रबिन्द्र समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार २ सय ५६ रुपैयाँ र ३ थान कौडा सहित पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका– १८ अधेरीकुना डेरा गरी बस्ने म्याग्दी घर भएका ४८ वर्षीय केशर रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा केशर समेत ६ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Skip This