सुनको मौज्दात कम भएपछि राष्ट्र बैंकले रोक्यो असर्फी बिक्री, चाँदीका मेडालियन मात्र बिक्री गर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले अत्यधिक ग्राहकको चापका कारण सुनको मौज्दात अपर्याप्त हुने भएपछि कात्तिक २० गते सुनको असर्फी बिक्री नगर्ने भएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले सूचना जारी गर्दै उक्त दिन चाँदीका मेडालियन मात्र बिक्री गर्ने भएको हो।

राष्ट्र बैंकका अनुसार कात्तिक १९ गते ग्राहकको अत्यधिक चाप भएपछि आजका लागि सुनको मौज्दात अपुग हुने देखिएको हो । यसअघि राष्ट्र बैंकले कात्तिक २० गतेसम्म मौज्दात रहेसम्म सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने बताएको थियो । केन्द्रीय बैंकले कात्तिक २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मौज्दात कायम रहेसम्म पङ्क्तिबद्ध सेवाग्राहीलाई चाँदीका मेडालियन बिक्री गर्ने जनाएको छ ।

प्रतिव्यक्ति एक-एक थानका दरले बढीमा दुई थानसम्म मेडालियन खरिद गर्न पाइनेछ । मेडालियन खरिदको लागि नगद वा क्यूआर मार्फत भुक्तानी गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

Skip This