झन्डै १३ अंकले घट्यो नेप्से, कारोबार रकममा समेत उच्च गिरावट


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.९५ अंकले घटेर बजार २६ सय ५२ दशमलव ५८ को बिन्दुमा बन्द भएको छ। आज बजार घटेसँगै कारोबार रकममा उच्च गिरावट आएको छ। आज ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड २३ लाख कित्ता शेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १८ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल रिइन्स्योन्सको १४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी कुमारी सबल योजनाका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले २.९६ प्रतिशतका दरले कमाएका हुन्। त्यसैगरी, आज सबैभन्दा बढी गुमाउने कम्पनीमा १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६ का लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले गुमाएका छन्।