काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ६.६२ अंकले बढेर बजार २६ सय ६४ दशमलव १३ को बिन्दुमा बन्द भएको छ। आज कारोबार रकम घटेर ५ अर्ब ६५ करोडमा आएको छ। त्यस्तै, भने १ करोड ५४ लाख २० हजार कित्ता शेयर किनबेच भएको छ।
आज दिनभरिमा ३४९ कम्पनी कारोबारमा आउँदा १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनीको १९ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.९४ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले ५.८० प्रतिशतका दरले कमाएका छन्। त्यसैगरी, आज सबैभन्दा बढी गुमाउनेमा बेनी हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.०४ प्रतिशतका दरले गुमाएका छन्।





About Us
प्रतिक्रिया