तिहारमा भाइ मसला बनाउन म्याद गुज्रिएका चकलेट प्रयोग गर्ने तयारी, अवैध पटाकासहित एक जना पक्राउ


काठमाडौं – तिहारमा भाइटीकाका लागि भाइ मसला बनाउन प्रयोग गर्ने उद्देश्यले म्याद गुज्रिएका चकलेट राखेको तथा अवैध रूपमा पटका र विस्फोटक पदार्थ भण्डारण गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत घर भइ काठमाडौं महानगरपालिका– ६ तिनचुली बस्ने  रमन कुमार पटेल रहेका छन्। 

प्रहरीका अनुसार २०८३ कात्तिक १६ गते दिउँसो करिब ३ बजे काठमाडौं महानगरपालिका–६, तीनचुली चोकस्थित एक घरमा अवैध रूपमा पटका भण्डारण गरिएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले छापा मारेको थियो। प्रहरीले पटेलको साथबाट विभिन्न प्रकारका पटका तथा विस्फोटकजन्य पदार्थ र तिहारमा भाइ मसला बनाउन प्रयोग गर्न राखिएका म्याद गुज्रिएका चकलेट फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामग्री तथा म्याद गुज्रिएका चकलेट नियन्त्रणमा लिएर प्रहरीले पटेलमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।