सोलुखुम्बुमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते


काठमाडौं – सोलुखुम्बुमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टर ठोक्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अनुसार अवतरण गर्ने क्रममा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टरका पङ्खा एक आपसमा ठोक्किएको हो ।

दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको बताइएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।